सरकारले प्रस्ताव गरेका ११ राजदूतमा पूर्व मेयरदेखि पूर्वमन्त्रीसम्म (नामावली सहित)

सरकारले प्रस्ताव गरेका ११ राजदूतमा पूर्व मेयरदेखि पूर्वमन्त्रीसम्म (नामावली सहित)

काठमाडौं । सरकारले ११ मुलुकमा राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालयका दुई सहसचिव सहित ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले राजदूत सिफारिस गरेको हो ।

एक साताअघिकै बैठकले सिफारिस गरेका नाम संसदीय सुनुवाइमा पठाइ सकिएको छ । प्रस्तावित राजदूतमध्ये निर्मलराज काफ्ले र जीवनप्रकाश श्रेष्ठ परराष्ट्र सेवाका सहसचिव हुन् । सरकारले एमाले केन्द्रीय सदस्य तथा पूर्व सामान्य प्रशासनमन्त्री युवराज ज्ञवाली,विराटनगर महानगरपालिकाका पूर्व मेयर तथा एमाले नेता रमेशचन्द्र पौडेल,पाल्पाका पूर्व सांसद तथा एमाले नेता कुलप्रसाद नेपाल सहित प्राध्यापक र अधिकार क्षेत्रमा क्रियाशील अन्य ९ जनाको नाम सिफारिस गरेको छ ।

प्रस्ताबित राजदूतहरू यसप्रकार छन्
निर्मलराज काफ्ले- अष्ट्रिया
जीवनप्रकाश श्रेष्ठ- इजिप्ट
रमेशचन्द्र पौडेल- श्रीलंका
कृष्णचन्द्र शर्मा- दक्षिण कोरिया
सुम्निमा तुलाधर- अष्ट्रेलिया जंगवहादुर चौहान- रुस
नारायणप्रसाद संग्रौला- म्यानमार
युवराज कार्की- बहराइन
कुलप्रसाद नेपाल- ब्राजिल
सुमित्रा सुवेदी- डेनमार्क
मेराज मुसलमान- साउदी अरेबिया

प्रकाशित मिति:     १ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar