एनआरएनए माल्टामा निवर्तमान अध्यक्ष अर्याल बने ‘म्यान अफ दि इलेक्सन’

एनआरएनए माल्टामा निवर्तमान अध्यक्ष अर्याल बने ‘म्यान अफ दि इलेक्सन’

काठमाडौं । गैरआवासीय नेपाली संघ माल्टाका निवर्तमान अध्यक्ष भुवन अर्याल म्यान अफ दि इलेक्सन अर्थात् सबैभन्दा बढी मत ल्याएर आइसीसी सदस्यमा निर्वाचित भएका छन् ।

एनआरएनए माल्टाको निर्वाचनमा २९ सय ३४ मत खसेकोमा अर्यालले १८ सय ८६ मत पाए । अर्यालसँगै आइसीसी सदस्यमा १६ सय ९३ मतसहित नविन गिरी र १४ सय १७ मतसहित गोविन्द खरेल पनि चुनिएका छन् । एनआरएनए माल्टाका निवर्तमान अध्यक्ष अर्यालको लोकप्रियता माल्टाको चुनावमा देखिएको छ । आइसीसी सदस्य निर्वाचित अर्यालले ल्याएको मत ६४ प्रतिशत बढी हो ।
यसैबीच नवनिर्वाचित अध्यक्ष रेशमलाल खनाल रेम्ससहितको टिमलाई अध्यक्ष अर्यालले बधाई दिँदै आगामी दिनमा माल्टाबासी नेपालीको हकाधिकारका लागि सबै मिलेर काम गर्ने प्रतिवद्वता जनाएका छन् ।

निवर्तमान अध्यक्ष एवं आइसीसी सदस्य अर्यालले सबैको साझा एनआरएनए निर्माण अभियानमा लाग्न आग्रह समेत गरेका छन् ।
सामाजिक सञ्जालमार्फत् अर्यालले आगामी कार्यकालका लागि चुनिएका पदाधिकारीलाई संस्थाको मर्म र भावना अनुसारको काममा लाग्न आग्रह गर्दै आवश्यक साथ र सहयोग रहने बताएका हुन् । एनआरएनए माल्टाको निर्वाचनबाट रेमलाल खनाल रेम्स अध्यक्ष चयन भएका छन् । यस्तै उपाध्यक्षमा मधु गुरुङ, प्रेम लिम्बू , सत्यनारायण झा, र प्रकाश थापा चयन भएका छन् । महिला उपाध्यक्षमा सब्नम गुरुङ, युवा उपाध्यक्षमा बिजय परियार निर्वाचित भए । महासचिवमा सन्देश के सी, उप महासचिवमा राम प्रसाद भण्डारी निर्वाचित हुँदा सचिवमा ममता श्रेष्ठ र भुवन झा निर्वाचित भए ।

यस्तै कोषाध्यक्षमा निरज श्रेष्ठ र सह- कोषाध्यक्ष सुबास तिम्सिना निर्वाचित हुँदा युवा संयोजकमा गुनाखर चापागाईं र महिला संयोजकमा धनु तामाङ निर्वाचित भए । सदस्यमा दिपेश गुरुङ, हरि प्रसाद पौडेल, कृष्ण भण्डारी, दामोदर लामिछाने , – अनिल राना र प्रकाश तिमिल्सिना निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारीलाई निर्वाचन समिति संयोजक राजु अर्याल बाबुले पद तथा गोपनियताको सपथ गराए ।
अध्यक्षका प्रत्यासी रोशन गिरीले पनि नवनिर्वाचित टिमलाई बधाई दिँदै कार्यकाल सफल बनाउन आफ्नो तर्फबाट साथ र समर्थन रहने बताएका छन् ।

प्रकाशित मिति:     १६ श्रावण २०८०, मंगलवार  |    Himali Khabar