काठमाडौं । जिल्ला प्रहरी कार्यालय धादिङले कर्तव्य ज्यान मुद्धामा आमा छोरा सहित तीन जनालाई पक्राउ गरेको छ । होटलमा खाजा खान आएका विनोद थापा मगरलाई हत्या गरेको आरोपमा गल्छीस्थित शानदार होटल एण्ड लजकी संचालिका सरस्वती पनेरु (पण्डित) उनका छोरा निरज पण्डित र किरण रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख ण्गौतम मिश्रले जानकारी दिए ।
गत बुधबार राति ११ः४५ बजे घटना भएको थियो । होटलमा खाजा खान आएका विनोद र होटल सञ्चालिका सरस्वतीबीच पैसाका कारण विवाद उत्पन्न भएपछि घटना घटेको थियो । सरस्वती र मृतक विनोदको सामान्य भनाभन भयो । सरस्वतीले छोरा निरजलाई बोलाएपछि किरण रानालाई साथमा लिएर आएका थिए । विनोदलाई ५÷७ मुक्का प्रहार गरी निरजले साथमा ल्याएको फोल्डिङ वाला छुरा प्रहार गरी घाईते बनाएको अनुसन्धानबाट खुलेको छ । काठमाण्डौं स्थित नर्भिक अस्पतालमा बैशाख २८ गते राति २ बजे उपचारको क्रममा उनको निधन भएके थियो ।
घट्नामा प्रयोग भएको छुरा घट्नास्थल देखि ३० मिटर तल त्रिशुली नदितर्फको किनारमा शुक्रबार बिहान प्रहरीले फेला पारेको हो । अभियुक्तले सनाखत गरिसकेपछि बरामद गरिएको बताए । ४७ वर्षीय आमा सरस्वती पनेरु, २६ वर्षिय छोरा निरज पण्डित र पाल्पा तानसेन नगरपालिका १४ घरभई हाल गल्छी ८ बस्दै आएका ३० वर्षिय किरण रानालाई कर्तव्य ज्यान मुद्धामा धादिङ अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।
त्यस्तै सरस्वती पनेरुले केटीहरुलाई डर, त्रास, प्रलोभनमा पारी वेश्यावृत्तीमा लगाई मानव बेचबिखन गरेको उजुरीको आधारमा पनि मानव बेचबिखन तथा ओसारपसार मुद्धामा समेत म्याद थप गरि अनुसन्धान अघि बढाएको छ ।