कोरियाले बनायो आफैँ कोरोना परीक्षण गर्न मिल्ने किट

कोरियाले बनायो आफैँ कोरोना परीक्षण गर्न मिल्ने किट

काठमाडौं । दक्षिण कोरियाले आफूलाई कोरोना संक्रमण भए नभएको थाहा पाउन आफैंले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ। कोरियाली औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले उक्त किट निर्माण गरेका हुन्।

उक्त किटमार्फत आफूलाई कोरोना लागेको शङ्का लागेमा घरमै बसेर आफ्नो परीक्षण गरी निश्चिन्त हुन सकिने बताइएको छ। घरमै बसी आफ्नो स्वाबमार्फत परीक्षण गरिने यो किटले परीक्षण गरेको १५ मिनेटमै कोरोना भाइरस लागे नलागेको पत्ता लगाउन सकिन्छ।

यो किट अब हरेक पसलमा सहजै उपलब्ध हुनेछ। यहाँका २४ घण्टे पसलबाट सजिलै खरिद गर्न सकिने उक्त किटको खुद्रा मूल्य १० हजार कोरियन वन अर्थात् झण्डै एक हजार नेपाली रुपैयाँ पर्छ।

यसको सहायताले अब प्रयोगकर्ताले सहजै आफ्नो नतिजा थाहा पाई पोजिटिभ आए सेल्फ आइसोलेशन बस्ने तथा थप पीसीआर जाँच गरी स्वास्थ्य सुरक्षा अपनाउन सक्नेछन्। कोरियामा पछिल्लो समय कोरोना भाइरसको प्रकोप थप बढ्न थालेपछि सरकारले परीक्षणको दायरा बढाउन उक्त नीति अवलम्बन गरेको बताइएको छ।

प्रकाशित मिति:     ३० बैशाख २०७८, बिहीबार  |    Himali Khabar