गोल्डेन पिक नेपालद्वारा भीमसेन थापा गाउँपालिका २ मा स्वास्थ्य सामाग्री प्रदान

गोल्डेन पिक नेपालद्वारा भीमसेन थापा गाउँपालिका २ मा स्वास्थ्य सामाग्री प्रदान

गोरखा । गोल्डेन पिक नेपालले गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ मा स्वास्थ्य सामाग्री प्रदान गरेको छ । संस्थाले प्रत्येक घरमा पुग्नेगरि एननाईन्टी फाईभ माक्स, डिटोल सावुन, पञ्जालगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

पछिल्लो समय देशमा कोरोना महामारीको जोखिम बढिरहेको अवस्थालाई मध्यनजर गर्दै संस्थाले गाउँपालिकाको वडा नम्बर २ का प्रत्येक घरमा पुग्नेगरि स्वास्थ्य–सुरक्षा सामग्री वितरण गरेको हो । संस्थाले यसअघि पनि विभिन्न सामाजिक काम गर्दै आईरहेको छ । सस्थाको कोष र गोल्डेन पिकको सदस्यबाट आर्थिक संकलन गरेर यो कार्य सम्पन्न भएको जनाईएको छ ।

संस्थाको कोष र गोल्डेन पिकको मेम्बरबाट आर्थिक संकलन गरेर यो कार्य सम्पन्न भएको जनाईएको छ । संस्थाले महामारीमा अझ थप राहत संकलन गरेर कोरोना नियन्त्रणमा सहयोग पुर्याउने सस्थाका सचिव कृष्ण भट्टले जानकारी दिए ।

प्रकाशित मिति:     २९ बैशाख २०७८, बुधबार  |    Himali Khabar