तीन महिनामा फाइजरले साढे तीन अर्ब डलर कमायो

तीन महिनामा फाइजरले साढे तीन अर्ब डलर कमायो

एजेन्सी। औषधि कम्पनी फाइजरले सन् २०२१ को जनवरीदेखि मा साढे तीन अर्ब डलर कमाएको छ। कोरोनाविरुद्धको भ्याक्सिनले यो कमाइमा ठूलो हिस्सा ओगटेको कम्पनीले मंगलबार बताएको हो।

फाइजरले भ्याक्सिनबाट आएको नाफाबारे भने केही बताएको छैन। तर, कुल नाफाको २० प्रतिशत भ्याक्सिनबाट हुने अनुमान कम्पनीले गरेको छ। भ्याक्सिन बनाउने अधिकांश कम्पनीले गत वर्ष नै नाफामा ध्यान नदिने बताएका थिए।

प्रकाशित मिति:     २२ बैशाख २०७८, बुधबार  |    Himali Khabar