काठमाडौं । कान्तिपुर सिसडोल वातावरण सेवा प्रा.लि.ले कोरोना भाइरस संक्रमणबारे सचेतना कार्यक्रम आयोजना गरेको छ । सरकारले संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा गरेसँगै सेवा प्रा.लि.ले काठमाडौं महानगरपालिकाको १३, १४ र १५ नम्बर वडामा हरेक दिन माइकिङ गर्दै नागरिकलाई सचेत गराउँदै आएको छ ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम गरेको हो । सचेतनासँगै यो विषमपरिस्थितीमा घर, होटल, रेष्टुरेन्ट लगायतका स्थानबाट निष्कने फोहोरको उचित व्यवस्थापन गर्न पनि नागरिकलाई आग्रह गर्दै आएको छ भने सो अवसरमा सडकमा फ्याकिएका फोहोरहरु संकलन गरी व्यवस्थापन पनि गर्ने गरेको छ ।
यही वैशाख १६ गतेदेखि १५ दिनका लागि उपत्यकामा निषेधाज्ञा लागू गरिएको छ।
यो कार्यक्रममा साथ दिने वडा नं १५ का अध्यक्ष इश्वरमान डंगोल, डल्लु आवास समितिका अध्यक्ष राजा शाक्य, समाजसेवी एवम् स्थानीय बुद्धिजीवि प्रकाश अमात्य लगायतप्रति कम्पनीले विशेष आभार पनि प्रकट गरेको छ । साथै आगामी दिनमा पनि निरन्तरता दिदै जाने जनाएको छ।
कान्तिपुर सिसडोलले विगत लामो समयदेखि महानागरपालिकाको १३, १४ र १५ नम्बर वडामा फोहोर ब्यवस्थापनको काम गरिरहेको छ ।