काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाको तेस्रो दिन आज सडकहरु सुनसान छन् ।

काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा प्रहरीहरु तैनाथ गरिएको छ । निषेधाज्ञा उल्लंघन गर्नेलाई सडकमै होल्ड गरिएको छ । सडकमा प्रेस, एम्बुलेन्स, पानी ट्यांकरलगायत अत्यावश्यक सेवाका साधनहरु मात्र चलेका छ्न ।

आज शनिबार पनि भएकाले अन्यदिनको तुलनामा चलपहल काम देखिएको हो ।







