रवि लामिछानेलाई प्रचण्डको जवाफ– तपाईँलाई होइन, रास्वपालाई पनि गृह दिन सकिँदैन

रवि लामिछानेलाई प्रचण्डको जवाफ– तपाईँलाई होइन, रास्वपालाई पनि गृह दिन सकिँदैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय नपाए तत्काल सरकार छाड्ने चेतावनी दिएको छ ।मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेबीच भेट भएको थियो ।


भेटमा लामिछानेले आजै गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने बताएका थिए । बालुवाटार स्रोतका अनुसार बेलुकासम्ममै सपथ ग्रहण गराउन लामिछानेले अनुरोध गरेका थिए ।

“अहिले तपाईँलाई होइन, तपाईँको पार्टीलाई पनि गृह मन्त्रालय दिन सकिने अवस्था छैन,” प्रधानमन्त्री दाहालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, “मेरो पार्टीमा पनि गृह मन्त्रालय अब प्रधानमन्त्रीसँगै राख्नुपर्छ भन्ने सुझाव आएको छ । तपाईँको नागरिकताको विषय अझै टुंगो लागिसकेको छैन । राहदानीको विषय पनि उठेको छ ।”

प्रकाशित मिति:     १७ माघ २०७९, मंगलवार  |    Himali Khabar