फोर्ब्सको ३० प्रभावशाली सूचीमा फिनलिट नेपालका प्रकाश कोइराला पनि

फोर्ब्सको ३० प्रभावशाली सूचीमा फिनलिट नेपालका प्रकाश कोइराला पनि

काठमाडौं । फोर्ब्स पत्रिकाले हरेक वर्ष सार्वजनिक गर्ने एसियाका ३० वर्षमुनिका ३० प्रभावशाली व्यक्तिको सूची (थर्टी अन्डर थर्टी) मा नेपालको तर्फबाट फिनलिट नेपालका प्रबन्ध निर्देशक प्रकाश कोइराला पनि परेका छन् । थर्टी अन्डर थर्टी एसियाको यस वर्षको सूचीमा उनी समावेश भएका हुन ।

उनले लामो समयदेखि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा मुलुकको विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम संचालन गर्ने गरिएको छ। फिनलिटको मुख्य उद्धेश्य नै नेपालका सबै नागरिकलाई कसरी वित्तीय रूपमा सक्षम बनाउने भन्नेमा केन्द्रित रहेको जनाइएको छ।

प्रभावशाली सूचीमा समावेश भएपछि प्रबन्ध निर्देशक कोइरालाले आजसम्मको यात्रामा सहयोग गर्ने सबैलाई आभार प्रकट गर्दै यसले काममा थप उर्जा प्रदान गरेको बताए ।

प्रकाशित मिति:     ७ बैशाख २०७८, मंगलवार  |    Himali Khabar