काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुमा बन्ने आफ्नो कार्यालय भवनको लागि टेन्डर आह्वान गरेको छ । भूमिगत पार्किङसहित ८ तल्ले भवनका लागि मंगलबार महानगरपालिकाले टेन्डर आह्वान गरेको हो ।
काठमाडौं महानगरले आफ्ना सबै विभागलाई एकै ठाउँमा राख्न सकिने गरी भवन बनाउन टेन्डर आह्वान गरेको हो ।महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली यो कार्यालय भवन बनेपछि महानगरका छरिएर रहेका विभिन्न विभाग र कार्यालयहरुको सेवा एउटै भवनबाट दिन सकिने बताए।
उनका अनुसार टेकुमा रहेको महानगरको वातावरण विभाग रहेको जग्गामा सो भवन बन्नेछ ।