१७ डीआईजीको काज सरुवा, सातै प्रदेशका प्रमुख पनि फेरिए, काे कहाँ ?

१७ डीआईजीको काज सरुवा, सातै प्रदेशका प्रमुख पनि फेरिए, काे कहाँ ?

काठमाडौं । नेपाल प्रहरीका १७ जना डीआईजीको काज सरुवा भएको छ । सातवटै प्रदेश प्रहरीको नेतृत्व पनि फेरिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार नलप्रसाद उपाध्यायलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका सरुवा गरिएको छ ।

डीआईजी बसन्तबहादुर कुँवरले मधेस प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् भने मधेसका प्रहरी प्रमुख मसाउद आलम खाँको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका काज भएको छ ।

कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा पुगेका छन् भने क्र्णाली प्रदेश प्रहरीको नेतृत्व भीमप्रसाद ढकाललाई दिइएको छ ।

डीआईजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय, अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, टेकप्रसाद राईले लुम्बिनी प्रदेश प्रहरी,गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङ र प्रदेश १ प्रहरी कार्यालयमा श्यामलाल ज्ञवालीको काज सरुवा भएको छ ।

प्रकाशित मिति:     २८ पुष २०७९, बिहीबार  |    Himali Khabar