अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पकाे आफ्नै आधिकारिक वेबसाइट

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पकाे आफ्नै आधिकारिक वेबसाइट

काठमाडौं, १८ चैत । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आधिकारिक वेबसाइट (www.45office.com) सुरु गरेका छन्। समर्थकहरुसँग सम्पर्कमा रहनका लागि छुट्टै वेबसाइट बनाइएका हुन ।

जनवरी ६ मा भएको अमेरिकी संसद्माथि हमलापश्चात् ट्रम्पलाई ट्विटर, फेसबुक र अन्य चर्चित सामाजिक सञ्जालबाट हटाइएको थियो । यो वेबसाइटको होमपेजमा ट्रम्पका विभिन्न तस्वीरहरु देख्न राखिएकाे छ। वेबसाइटमा ‘अमेरिका फर्स्ट’को एजेन्डालाई अगाडि बढाइराख्नका लागि प्रतिवद्ध रहेको भन्ने सन्देश लेखिएको छ।

‘अबाउट’ मा सीमा सुरक्षा, अन्तर्राष्ट्रिय गठबन्धन, नाटो र कोरोना महामारीमा उनको प्रतिक्रियाजस्ता विषयबारे यसमा विस्तृतमा लेखिएको छ।

प्रकाशित मिति:     १८ चैत्र २०७७, बुधबार  |    Himali Khabar