आज एकै एक सय ५६ जना कोरोना संक्रमित

आज एकै एक सय ५६ जना कोरोना संक्रमित

काठमाडौं, १३ चैत । नेपालमा कोरोनाभाइरसका एक सय ५६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार चार सय १६ जनाको परीक्षण गरिएकोमा एक सय ५६ जनामा सङ्क्रमणको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार छ सय ६५ पुगेको छ । पछिल्लो चौबीस घण्टामा ७० जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७२ हजार तीन ४२ जना सङ्क्रमित निको भएका छन् । सङ्क्रमण निको हुने दर ९८.४ प्रतिशत छ ।

प्रकाशित मिति:     १३ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar