घरबेटीकी छोरीलाई नशालु पदार्थ खुवाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

घरबेटीकी छोरीलाई नशालु पदार्थ खुवाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं, १२ चैत । घरबेटीकी छोरीलाई नशालु पदार्थ खुवाई बलात्कार गरेको अभियोगमा एक युवा पक्राउ परेका छन्। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा घर भएकी १९ वर्षीया युवतीलाई होमस्टेमा पुर्‍याई नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोपमा २४ वर्षीय मिमबहादुर बुढा पक्राउ परेका हुन्।

बाँकेका निमित्त प्रहरी प्रमुख डिएसपी सुवास खड्काका अनुसार पक्राउ परेका बुढा हुम्लाको सर्केगाड गाउँपालिका–१ घर भई दस वर्षदेखि युवतीको नेपालगञ्जस्थित घरमा भाडामा बस्दै आएका थिए।

प्रहरीका अनुसार बुढाले पीडितकी आमासँग गत मंसिर ५ गते हामी सँगै घुम्न जान्छौं भनेर बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर भ्यालीको होमस्टेमा लगेका थिए। त्यहाँ पुगेपछि उनले जुसमा लागु औषध नाइट्राजेपाम राखेर खुवाएका थिए। युवती बेहोस भएपछि उनले बलात्कार गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।

ती युवतीलाई मंसिर ६ गते अचेत अवस्थामै घरमा लगेर छोडेपछि उनी बेत्तपा भएका थिए। गत आइतबार प्रहरीले उनलाई काठमाडौंको हाँडीगाउँबाट पक्राउ परेको गरेको हो ।

प्रकाशित मिति:     १२ चैत्र २०७७, बिहीबार  |    Himali Khabar