सीमा बन्द रहेकाले अबैध बाटोबाट नआउन आप्रवासीलाई अमेरिकाले आग्रह

सीमा बन्द रहेकाले अबैध बाटोबाट नआउन आप्रवासीलाई अमेरिकाले आग्रह

काठमाडौं, १२ चैत । संयुक्तराज्य अमेरिकाको दक्षिणी सीमा मामिलासम्बन्धी अमेरिकी संयोजक रोबर्टा ज्याकोब्सनले मेक्सिको हुँदै अमेरिका प्रवेश नगर्न आग्रह गरेका छन्।

प्रवेशाज्ञा अनुमतिको कागजातबिना हजारौं व्यक्ति मध्य अमेरिकी मुलुकबाट आइरहेका समाचार बाहिरिएसँगै उहाँले अमेरिकी सीमा बन्द गरिएको जानकारी दिएका हुन्।

मेक्सिको सिटीमा रहेको अमेरिकी राजदूताबासबाट सार्वजनिक गरिएको उनको एउटा अडियो सन्देशमा भनिएको छ, ‘सीमामा नआउनु होला । सीमा बन्द गरिएको छ।’ अवैधानिक तरिकाबाट अमेरिका प्रवेश गर्न चाहने व्यक्ति आपराधिक तत्त्वहरु र मानव तस्करबाट पीडित हुने जोखिम पनि रहने ज्याकोब्सनले बताएका छन्।

राष्ट्रिय सुरक्षा परिषद्मा दक्षिण अमेरिकी प्रमुख हुवाँ गोन्जालेज र मेक्सिकोका विदेश मन्त्री मार्सेलो एब्रार्डसँग वार्ता गरेपछि ज्याकोब्सनको अडियो सार्वजनिक भएको हो।

प्रकाशित मिति:     १२ चैत्र २०७७, बिहीबार  |    Himali Khabar