मंगल ग्रहमा हेलिकप्टर उडाउँदै नासाका वैज्ञानिक

मंगल ग्रहमा हेलिकप्टर उडाउँदै नासाका वैज्ञानिक

काठमाडौं, ११ चैत । अमेरिकी अन्तरिक्ष संस्था नासाका वैज्ञानिकहरूले मंगल ग्रहमा हेलिकप्टर उडाउने तयारी थालेका छन्। आउँदो अप्रिल ८ पछि हुने उक्त उडान एक ग्रहबाट नियन्त्रण गरी अर्को ग्रहमा गरिएको पहिलो उडान हुनेछ।

१.८ किलोग्राम तौल भएको हेलिकप्टरलाई वैज्ञानिकहरूले इन्जेन्युटी नाम दिएका छन्। अहिले यो हेलिकप्टर गत फेब्रुअरी १८ मा मंगल ग्रहको सतहमा अवतरण भएको अन्तरिक्ष यान पर्सिभरेन्सको रोभरभित्र छ। पर्सिभरेन्सले केही दिनअघिमात्रै इन्जेन्युटी हेलिकप्टरको उडानपछि अवतरण हुने ठाउँमा उसलाई जोगाउन चाहिने सामान राखिसकेको छ।

नासाका अनुसार अहिले रोभरले हेलिकप्टरको उडान हुने ठाउँमा काम गरिरहेको छ। रोभरभित्र रहेको हेलिकप्टर सतहमा आएपछि इन्जेन्युटीले पृथ्वीको ३१ दिनभित्र पहिलो उडान गर्ने छ।

प्रकाशित मिति:     ११ चैत्र २०७७, बुधबार  |    Himali Khabar