ट्विटरका सीईओ डोर्सीको पहिलो ट्वीट २.९ लाख डलरमा विक्री

ट्विटरका सीईओ डोर्सीको पहिलो ट्वीट २.९ लाख डलरमा विक्री

काठमाडौं, १० चैत । ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्याक डोर्सीले आफ्नो पहिलो ट्वीटको डिजिटल भर्सन करिब २ दशमलव ९ लाख डलर लिलाम विक्री गरेका छन् ।

उनले दुई साता अघि आफ्नो पहिलो ट्वीट पोष्टको डिजिटल लिलामी राखेको घोषणा गरेका थिए । उनले पहिलो ट्वीट ट्विटरमा सन् २००६ को मार्च २१ मा पोष्ट गरेका थिए । जसमा लेखिएको थियो, मैले आफ्नो ट्विटरको शुरुवात गरिरहेको छु ।

उनको यो ट्वीट ब्रिज ओराकलका सीईओ एवम् मलेशियन व्यापारी सीना एस्टेवीले खरीद गरेका छन् । डिजिटल प्लेट फर्म भ्यालुएबल्स बाय सेन्टले उक्त ट्वीटको लिलाम विक्री गर्ने व्यवस्था मिलाएको हो ।१५ वर्ष पुरानो पोष्टको नन- फन्जिबल टोकन( एनएफटी) अन्तर्गत विक्री गरिएको हो ।

प्रकाशित मिति:     १० चैत्र २०७७, मंगलवार  |    Himali Khabar