बंगलादेशको प्रतिव्यक्ति आय २ हजार ८ सय २४ अमेरिकी डलर

बंगलादेशको प्रतिव्यक्ति आय २ हजार ८ सय २४ अमेरिकी डलर

एजेन्सी। बंगलादेशको प्रतिव्यक्ति आय वृद्धि अघिल्लो बर्षको तुलनामा बढेको छ।

आर्थिक वर्ष २०२१/०२२ (जुलाई २०२१ देखि जुन २०२२) को बंगलादेशको प्रतिव्यक्ति आय २ हजार ८ सय २४ अमेरिकी डलर पुगेको बुधबार सार्वजनिक पछिल्लो आधिकारिक तथ्यांकले देखाएको छ।

अघिल्लो आर्थिक वर्ष २०२०–०२१ (जुलाई २०२० देखि जुन २०२१) मा बंगलादेशको प्रतिव्यक्ति आय २ हजार ५ सय ९१ डलर रहेको थियो।

प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार सन् २०२१र०२२ मा बंगलादेशको कुल गार्हस्थ उत्पादन वृद्धिदर ७.२५ प्रतिशत पुगेको छ।

प्रकाशित मिति:     १ मंसिर २०७९, बिहीबार  |    Himali Khabar