माल्टामा मृत्यु भएकी ढुंगानाको शब नेपाल पठाइयो, अध्यक्ष अर्याल भन्छन्-अर्को पनि पठाउन पहल गर्दैछौं

माल्टामा मृत्यु भएकी ढुंगानाको शब नेपाल पठाइयो, अध्यक्ष अर्याल भन्छन्-अर्को पनि पठाउन पहल गर्दैछौं

काठमाडौं । माल्टा पुगेको भोलिपल्टदेखि नै बिरामी भएर एक महिना उपचारपछि मृत्यु भएकी इलाम सुर्योदयकी विनिता ढुंगेलको शव हिजो नेपाल पठाइएको छ ।

एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालका अनुसार उहाँको संयोजकमा बनेको सव ब्यबस्थापन तथा राहत संकलन समितिको  पहलमा ढुंगेलको शव परिवारलाई पठाइएको हो । अर्यालको नेतृत्वमा रहेको सव ब्यबस्थापन  सिंगो टिम नै ढुंगेलको शव नेपाल फर्काउने प्रक्रियामा सक्रिय थियो । माल्टा पुगेपनि काम नथाल्दै मृत्यु भएकाले ढुंगेलको शव नेपाल फर्काउन आर्थिक र अन्य कानुनी समस्या परेको थियो । तर माल्टामा रहेका नेपालीहरुसँग आर्थिक सहयोग संकलन गरेर शव नेपाल पठाइएको हो ।

यस्तै माल्टाको कानुनी व्यवधान समाधानका लागि पनि आवश्यक पहल गरिएको थियो । कुटनीतिक पहल मार्फत् शव फिर्ता पठाउन सफल भएको जनाउँदै अध्यक्ष अर्यालले ढुंगेलको परिवारले नै अन्तिम संस्कार गर्न पाउनु दुखद् घटनाबीच पनि सकारात्मक भएको बताउनुभयो ।

३५ दिन अघि रोजगारीका लागि माल्टा पुगेकी ढुंगेल पुगेको भोलिपल्टदेखि नै डेंगुको उपचारका लागि अस्पताल भर्ना हुनपरेको थियो ।  । ढुंगेल काम गर्नका लागि गएको कम्पनीले पनि आवश्यक सहयोगको प्रतिवद्वता जनाएको भए पनि अझै सम्म कुनै सहयोग आएको छैन,अर्यालले बताउनु भयो।
यसैबीच माल्टामै मृत्यु भएका आकास बुलिमको शव पनि नेपाल फर्काउने पहल भइरहेको अध्यक्ष अर्यालले जानकारि दिनुभयो ।स्व.आकाश बुलिमको मृत्युको रहस्यको अनुसन्धान सकिए पश्चात् उहाँको पार्थिव सरिर नेपाल पठाउन कत्तीपनि ढिला नगर्ने बताउनु भयो।अन्य समयमा जुन सुकै कुरामा आस्था राखे पनि जुन सुकै ठाउँमा उभिए पनि अप्ठ्यारो परिस्थितिमा माल्टा बासी दाजुभाई तथा दिदी बहिनीहरु सङ्गै हातेमालो गरेर अगाडी बड्ने सकारात्मक अभ्यासको खुलेर तारिफ गर्नु भयो।यो अभियानमा सहयोग गर्नु हुने एनआरएनए का पुर्ब तथा बर्तमान समितिका साथिहरु ,सल्लाहकार समिती, आइसीसि, तथा माल्टामा रहेका सबै संघ सस्था तथा सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनि तथा विभिन्न सन्चार माध्यमलाई बिशेश धन्यवाद ज्ञापन गर्नु भयो।कागजी प्रक्रिया सहजीकरणको लागि नेपालि राजदुतावास लण्डनलाई पनि बिशेष आभार।

प्रकाशित मिति:     २४ कार्तिक २०७९, बिहीबार  |    Himali Khabar