२८ लाख भारूसहित तीन महिला पक्राउ

२८ लाख भारूसहित तीन महिला पक्राउ

काठमाडौं । २८ लाख ५६ हजार भारतीय नोटसहित वीरगन्जबाट तीन महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय बिर्ता तथा प्रहरी चौकी इनर्वा नाकाको प्रहरी टोलीले वीरगन्जको रजतजयन्ती चोकबाट सो रकमसहित ती महिलालाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा नुवाकोट शिखरवेसी–७ बस्ने ४५ वर्षीया अनिता तामाङ, धादिङकी ३० वर्षीया मञ्जु तामाङ र नुवाकोट शिख्रावेसी–७ बस्ने ४४ वर्षीया सरिता अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

प्रकाशित मिति:     २५ आश्विन २०७९, मंगलवार  |    Himali Khabar