काठमाडौं, ६ चैत । मन्त्रिपरिषदले विदेशबाट आउने पर्यटकलाई अनिवार्य क्वारेन्टिनमा बस्नु नपर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले खोप लगाएका तथा ७२ घण्टाको रिपोर्ट ल्याउने पर्यटकले क्वारेन्टिन बस्नु नपर्ने निर्णय गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले क्वारेन्टिनको व्यवस्था हटाइएको जानकारी दिएका छ्न ।
व्यवसायीले नेपाल घुम्न आउने विदेशी पर्यटकले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने व्यवस्था हटाउनुपर्नेमा मागगर्दै आएका थिए । ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट लिएर नेपाल आउने विदेशी पर्यटकलाई ५ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने उनिहरुको माग थियो ।
मन्त्रिपरिषदले पर्यटकहरुका लागि सहज प्रवेशको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अनराइभल भिसा दिनेसमेत निर्णय गरेको छ।