भिटोनका अध्यक्ष पौडेल ‘पर्यटन व्यवसायी सम्मान २०२१’ बाट सम्मानित

भिटोनका अध्यक्ष पौडेल ‘पर्यटन व्यवसायी सम्मान २०२१’ बाट सम्मानित

काठमाडौं, ५ चैत । बरिष्ठ पर्यटन व्यवसायी तेजेन्द्र शर्मा पौडेल ‘नेशनल इन्टरटेनमेन्ट अवार्ड २०२१’ को अवसरमा ‘पर्यटन व्यवसायी सम्मान २०२१’ बाट सम्मानित भएका छन् । विगत लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशिल शर्माको अनुकरणीय एवं प्रेरणादायी व्यक्तित्वको कदर गर्दै आज एक विशेष कार्यक्रमकाबीच उक्त सम्मान प्रदान गरिएको हो ।

पर्यटन क्षेत्रबाट यो अवार्ड पाउने उनी एक्लो हुन । उनले व्यवसायसँगै विभिन्न संघसंस्थामा रहेर मुलुकको पर्यटन विकासमा योगदान दिदै आएका छन् ।

पर्यटनमा तीन दशक बिताइसकेका पौडेल पछिल्लो समय नेपालको ग्रामीण पर्यटन प्रवद्र्धनमा केन्द्रित छन् । उनी गाउँले पर्यटन–नेपाल (भिटोन) का अध्यक्ष समेत हुन् । भिटोनले नेपालका ग्रामीण भेगहरूमा पर्यटक पुर्याउनुका साथै नयाँ गन्तव्यको पहिचान र प्रवद्र्धनको काम गर्दै आएको छ ।

प्रकाशित मिति:     ५ चैत्र २०७७, बिहीबार  |    Himali Khabar