काठमाडौं, ४ चैत । लामो समयको लकडाउन र कोरोना संक्रमणको त्रासबाट आजित भएका राजधानीबासीहरु प्रकृतिसंग रम्दै रिफ्रेश हुन कतै जाने सोचाइमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईंको लागि उपयुुक्त गन्तव्य हो, काभ्रेको बल्थली इको हिल रिसोर्ट ।
ग्रामिण क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि खुलेको बल्थली इको हिल रिसोर्टले बल्थली जाने जो कोहीलाई पनि आतिथ्य सत्कार सहित बसाईलाई रमणिय बनाउनेछ । यहाँ राजधानीबाट साप्ताहिक वा केही दिनको बिदामा रमाउन जान सकिन्छ ।
रिसोर्टमा न्यानो आतिथ्यतामा गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा अर्गानिक उत्पादनको स्वाद चाख्न पाइन्छ । रिसोर्टको अर्को विशेषता भनेको यहाँबाट लाङटाङ, गणेश, जुगल, गौरीशंकर लगायतका हिमशृंखला सहित अन्य प्राकृतिक दृष्यावलोकन गर्न पाइन्छ ।
पछिल्लो समय कोरोनाको त्रास केही कम हुँदै गएसंगै रिसोर्टमा आन्तरिक पर्यटकको बाहुल्यता बढ्दै गएको सन्चालक हिराकाजी तामाङले जानकारी दिए ।
काठमाण्डौंबाट मात्र ४२ किलोमिटरको दुरीमा यो रिसोर्ट हिमश्रृङखला हेर्न, पदमार्ग यात्रा गर्दै आनन्द लिन, साइक्लिंग गर्दै प्रकृतिसंग रमण गर्न, परिवार र साथीहरुसंग छुट्टि मनाउन चाहनेका लागि उपयुक्त गन्तव्य भएको उनले बताए ।
उसो त हेलिकप्टरबाट सोझै बल्थली पनि पुग्न सकिन्छ । त्यसको लागि रिसोर्ट हातामै हेलिप्याड निर्माण गरिएको छ । कुन विकल्प रोज्दै बल्थलीलाई गन्तव्य बनाउने छ्नोट तपाईंको ।
रिसोर्टले एक दिनमा एक सय जनासम्म पाहुनालाई सेवा प्रदान गर्न सक्ने संचालक तामाङले जानकारी दिए ।