नुवाकोटको बिदुरबाट नगदसहित आठ जुवाडे पक्राउ

नुवाकोटको बिदुरबाट नगदसहित आठ जुवाडे पक्राउ

नुवाकोट, ३ चैत । नुवाकोटको बिदुर नगरपालिका -४ बट्टारबाट प्रहरीले आज जुवा खेलिरहेको अवस्थामा आठजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले रेन्जी शेर्पाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एबम् प्रहरी नायव उपरीक्षक (डिएसपी) हरि ओलीका अनुसार पक्राउ पर्नेमा बिदुर ४ का जनक श्रेष्ठ, केशव प्रसाद पन्त, रामेश्वर अर्याल, लम्बोधर प्रधान, दिनेश प्रधान र रामचन्द्र प्याकुरेल छन । त्यस्तै बिदुर २ का गणेश आचार्य र बेलकोटगिढ १३ का शन्भु अधिकारी रहेका छन ।

उनिहरुको साथबाट प्रहरीले १ लाख १८ हजार ५ सय नगदसहित ३ बुक तास बरामद गरेको छ ।

प्रकाशित मिति:     ३ चैत्र २०७७, मंगलवार  |    Himali Khabar