लुम्बिनीका मुख्यमन्त्रीद्वारा ग्लोबल डेरी अबलोकन

लुम्बिनीका मुख्यमन्त्रीद्वारा ग्लोबल डेरी अबलोकन

काठमाडौं । लुम्बिनी प्रदेश माननीय मूख्यमन्त्री डील्ली चौधरीसहित लुम्बिनी प्रदेश सभा सदस्य माननीय बिष्णु पन्थी, नवराज लामिछाने, रिमा नेपाल, बुद्धभुमि नगरपालिका मेयर केशव श्रेष्ठ, वाणगंगा नगरपालिकामा मेयर चक्र अर्याल, बुद्धभुमि नगरपालिका वडा नं १ र ९ का वडा अध्यक्षको समेत उपस्थिति रहेको थियो।

लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री सहितको टिमले आज लुम्बिनी प्रदेश,कपिलवस्तु जिल्ला, बुद्धभुमि नगरपालिका वडा नं ९ स्थित ग्लोबल डेरी प्रा. लिको अवलोकन गरेको छ । ग्लोबल डेरी उद्योगले लुम्बिनी प्रदेशको आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। अवलोकन गर्ने क्रममा सो टिमले उद्योग लगाउने संचालक एवं सम्पूर्ण उद्योगमा कार्यरत कर्मचारीहरुलाई धन्यवाद सहित प्रशंसा गर्‍यो । यो उद्योगको थप प्रगतिको कामना गर्दै लुम्बिनी प्रदेश सरकार सदैव आवश्यक सहयोग गर्न तयार रहेको कुरा मुख्य मत्री सहितको टिमले ब्यक्त गर्‍यो ।

डेरी उद्योगका संचालक एवं अध्यक्ष थानेश्वर न्यौपानेका अनुसार हाल उद्योगले दैनिक ५० हजार दुध खपत गरि उपभोक्ता माझ पुर्‍याइरहेको छ भने दैनिक ५० लाख रुपैयाँ शहरबाट गाउँसम्म किसानको हात पुर्‍याउन सहयोग गरेको छ भने २० हजारभन्दा बढी किसानसँग कारोबार गरिरहेको, उद्योगमा दैनिक २०० जनालाई रोजगार दिइएको र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश गरि ९ जिल्लाबाट हाल दुध संकलन गरिरहेको बताए । २०७१ सालमा संस्थापक कमल न्यौपानेले सुरु गर्नु भएको उद्योग आज देशकै ठूलो उद्योगको रुपमा परिचित भएको छ । अब छिट्टै पाउडर दुध कारखाना लगाउने योजना पनि रहेको कुरा अर्का संचालक एवं प्रबन्ध निर्देशक जनक न्यौपानेले बताए । उद्योगले आफ्नो बजार काठमाडौंदेखि पोखरासम्म बिस्तार गरेको छ ।

प्रकाशित मिति:     १० भाद्र २०८०, आईतवार  |    Himali Khabar