दक्षिण कोरियाद्वारा नेपाललाई १ सय १ वटा होलिस्टिन गाई सहयोग

दक्षिण कोरियाद्वारा नेपाललाई १ सय १ वटा होलिस्टिन गाई सहयोग

काठमाडौं । दक्षिण कोरियाले नेपाललाई उन्नत जातका १ सय १ वटा होलिस्टिन गाई प्रदान गरेको छ । आज एक कार्यक्रमकाबीच नेपाल सरकारलाई गाई प्रदान गरिएको हो ।

नेपालको दुग्ध क्षेत्रमा सहयोग गर्न भन्दै दक्षिण कोरियाले उन्नत जातका गाई सहयोग गरेको अन्तराष्ट्रिय गैरसरकारी संस्था हेफर इन्टरनेशनल नेपालले जनाएको छ ।

उन्नत जातका ती गाईले नेपाली गाईको तुलनामा तीन गुनाले बढी अथार्त दैनिक ३० लिटर सम्म दुध उत्पादन गर्ने दावी गरिएको छ । मिल्की वे नामक कार्यक्रम अन्र्तगत दुध उत्पादनका निम्ति स्थानिय गाईको नस्ल सुधारका लागी ती गाई प्रदान गरिएको जनाइएको छ।

नेपालमा ल्याईएको गाई सिन्धुलीको कमलामाई नगरपालिकाका ५० का कृषकलाई प्रदान गरिएको छ। प्रति गाईको मुल्य ३ हजार डलर पर्छ भने प्रति गोरुको मुल्य २० हजार अमेरिकि डलर पर्ने छ ।

प्रकाशित मिति:     ९ पुष २०७९, शनिबार  |    Himali Khabar