कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने

कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने

काठमाडौं । करिब डेढ वर्षदेखि रोकिएको दक्षिण कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने भएको छ । कोरियाले राखेको सर्त अनुसार प्रत्यक्ष हवाई उडानको व्यवस्थापन हुन नसक्दा बन्द रोजगारी सुरु हुन समय लाग्ने देखिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले नेपालमा कोरोना महामारी बढेको कारण देखाउँदै कोरिया सरकारले काठमाडौंबाट सिधा हवाई उडान हुनुपर्ने सर्त राखेको तर सिधा उडानका लागि भाडा दरको टुंगो नलागेको बताए ।
यसअघि काठमाडौंबाट ट्रान्जिट हुँदै कोरिया जानेले प्रतिव्यक्ति तीन सय ९२ अमेरिकी डलर हवाई भाडा तिर्ने गरेकोमा सिधा उडान गर्दा हवाई कम्पनीले त्यसभन्दा बढी भाडा मागेको बताइएको छ ।

प्रकाशित मिति:     २९ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar