चोरीका आरोपीलाई मुद्दा नचलाइ छाडेको अभियोगमा इन्स्पेक्टरलाई जिम्मेवारीबाट हटाईयो

चोरीका आरोपीलाई मुद्दा नचलाइ छाडेको अभियोगमा इन्स्पेक्टरलाई जिम्मेवारीबाट हटाईयो

काठमाडौं। महानगरीय अपराध अनुसन्धान महाशाखाअन्तर्गत रहेर प्रहरी परिसर, ललितपुरमा कार्यरत प्रहरी निरीक्षक सानुकान्छा रम्तेल जिम्मेवारीबाट हटाइएको छ ।


चोरीको घटनामा आरोपीलाई मुद्दा नचलाइ छाडेको अभियोगमा छानविनका लागि उनलाई जिम्मेवारीबाट हटाइएको महाशाखाका एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए । प्रहरीका अनुसार ललितपुरको गोदावरीमा सुजन बराइलीले सञ्चालन गरेको सुन पसलमा केही अघि चोरी भएको थियो । घटनामा उनले आरोपीलाई पक्राउ गरेर मुद्दा चलाउनुको सट्टा सुनवापतको रकम तिराएर छाडिएको भन्दै अपराध महाशाखामा सूचना पुगेको थियो ।

प्रकाशित मिति:     १० माघ २०७८, सोमबार  |    Himali Khabar