१ किलो सुनसहित ५ जना बंगलादेशी नागरिक पक्राउ

१ किलो सुनसहित ५ जना बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुनसहित ५ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । हिमालयन एयरलाइन्सको उडानबाट दुबईबाट काठमाडौँ आइ बङ्गलादेश जान लागेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा तौहिदुल तनविर, एमडि युनुस अलि, सोभान तालुकदार, जाहिदुल इस्लाम र एमडि मिराजुल इस्लाम छन् ।

उनीहरुको साथबाट १ किलो ३ सय ११ ग्राम सुन, चेनरोल, औँठी र चुरा बरामद भएको छ । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाते झोला परीक्षण गर्दा उक्त सुन फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:     २९ मंसिर २०७८, बुधबार  |    Himali Khabar