बैंकिङ कसूरको आरोपमा एकजना काभ्रेबाट पक्राउ

बैंकिङ कसूरको आरोपमा एकजना काभ्रेबाट पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ कसूरको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको भुलु गाउँपालिका- ८ का ३१ वर्षीय सुमन खरेल रहेका छन् । खरेलले आफू कार्यरत बैंक सिन्धु विकास बैंक, दोलालघाट शाखाले दैनिक रुपमा जम्‍मा गर्ने रकम एनसीसी बैंक, बाह्रबिसेमा रहेको सिन्धु विकास बैंकको खातामा जम्‍मा गर्दै आएकोमा उनले जम्‍मा नगरी १ करोड ८९ लाख ९० हजार ८५५ रुपैयाँ चलाएको प्रहरीको दाबी छ ।

प्रकाशित मिति:     १० कार्तिक २०७८, बुधबार  |    Himali Khabar