इच्छाराज थामाङले ठगेको भन्दै प्रहरीमा दैनिक ४० देखि ५० उजुरी

इच्छाराज थामाङले ठगेको भन्दै प्रहरीमा दैनिक ४० देखि ५० उजुरी

काठमाडौं । सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङविरुद्ध प्रहरीमा उजुरी आउने क्रमम बढेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा दैनिक ४० देखि ५० जनाले आफू ठगिएको भन्दै उजुरी लिएर जाने गरेका छन्।

दशैं सकिएपछि उजुरीको सङ्ख्या अझै बढ्नसक्ने प्रहरीको अनुमान छ। पक्राउ परेको केही दिन त दैनिक २ सय जतिले उजुरी लिएर आएका थिए । अहिले पनि ४० देखि ५० जना उजुरी लिएर आउँने गरेको व्युरोका प्रवक्ता एसपी श्याम महतोले जानकारी दिए ।

मंगलबारमात्र पूर्व अध्यक्ष तामाङ विरुद्ध ४४ जनाले उजुरी गर्दा गराएका थिए।

प्रकाशित मिति:     ३ कार्तिक २०७८, बुधबार  |    Himali Khabar