नेपालको आर्थिक वृद्धि ३.१ प्रतिशत मात्रै हुने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ३.१ प्रतिशत मात्रै हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । चालू आर्थिक वर्षमा नेपाल सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने विश्व बैंकको प्रक्षेपण छ। विश्व बैंकले नेपार सरकारको लक्ष्यभन्दा कम आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो।

बैंकले बिहीबार सार्वजनिक गरेको ‘साउथ एशिया इकोनोमी फोकस’ प्रतिवेदनअनुसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ। यो वर्ष गत आर्थिक वर्षको भन्दा १.८ प्रतिशतले आर्थिक विस्तार प्रतिवेदनमा उल्लेख छ। विश्व बैंकले गत वर्ष १.८ प्रतिशत मात्र आर्थिक वृद्धि भएको अनुमान सार्वजनिक गरेको छ।

प्रकाशित मिति:     २१ आश्विन २०७८, बिहीबार  |    Himali Khabar