इच्छाराजसहित १२ जनालाई ५ दिन थुनामा राख्न अदालतको अनुमति

इच्छाराजसहित १२ जनालाई ५ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं। ठगी आरोपमा पक्राउ परेका सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित १२ जनामाथि अनुसन्धानका लागि ५ दिन थुनामा राख्न प्रहरीले अनुमति लिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले तामाङ, सिभिल सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जनालाई ठगी आरोपमा पक्राउ गरेको थियो । उनीहरुविरुद्ध सिभिल सहकारीका वचतकर्ताले ठगी उजुरी दिएका थिए ।

पक्राउ परेकाहरुलाई सीआईबीले बुधबार काठमाडौं जिल्ला अदालत पेश गरेको थियो । उनीहरुमाथि अनुसन्धानका लागि अदालतले ५ दिन थुनामा राख्न अनुमति दिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्याम महतोले जानकारी दिए ।

प्रकाशित मिति:     २० आश्विन २०७८, बुधबार  |    Himali Khabar