करोडौं ठगीको आरोपमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ

करोडौं ठगीको आरोपमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ

काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । सोमबार उनीसहित एक दर्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सुन्धाराबाट पक्राउ गरेको हो ।

तामाङसहितका पक्राउ परेकाहरूलाई करोडौं ठगीको आरोप छ । केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहका अनुसार तामाङसहितका व्यक्तिलाई सुन्धारा क्षेत्रबाट पक्राउ गरिएको हो। उनीहरूविरूद्ध ४६ करोड ठगीको उजुरी परेको र सोही आधारमा पक्राउ गरिएको उनले जानकारी दिए ।

७० जना निक्षेपकर्ताले आफूहरूलाई तामाङसहितको समूहले ठगी गरेको उजुरी दिएका छन् । निवेदन आउने क्रम जारी रहेकाले उजुरी दिनेको संख्या अझै बढ्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति:     १९ आश्विन २०७८, मंगलवार  |    Himali Khabar