नागढुङ्गाबाट ९५ लाख नगद बरामद

नागढुङ्गाबाट ९५ लाख नगद बरामद

काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले ९५ लाख नेपाली रुपैयाँ बरामद गरेको छ । चितवनबाट काठमाडौं आउँदै गरेका दुई जनाको साथबाट स्रोत नखुलेको ९५ लाख बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गा चेक प्वाइन्टबाट प्रहरीले सो नगद लिएर आउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका सागर माली र कृष्ण अढाडे छन् ।

भारतको मुम्बई घर भएका उनीहरु ग १ ख ६६४५ नम्बरको हाइस माइक्रोमा चितवनबाट काठमाडौं आएका थिए ।

प्रकाशित मिति:     ९ आश्विन २०७८, शनिबार  |    Himali Khabar