मुलुककाे शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा

मुलुककाे शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा

काठमाडौं । मुलुककाे शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा पुगेको छ ।नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को साउन महिनाको तथ्यांकअनुसार मुलुकबाट बाहिरिने रकम थप बढेको छ भने भित्रने रकम घटेको छ ।

बढ्दो आयात र रेमिट्यान्समा आएको गिरावटका कारण शोधनन्तर घाटामा पुगेको हो । २०७७ साउनमा ५१ अर्ब ४६ करोड बचतमा रहेको शोधनान्तर स्थिति अहिले झण्डै ३९ अर्ब रुपैयाँ ऋणात्मकमा पुगेको हो ।

अन्य महिनाको तुलनामासाउन र भदौमा दशैंतिहार लक्षित आयात बढ्ने भएकाले पनि शोधनान्तर स्थितिमा असर देखिएको बताइएको छ ।

प्रकाशित मिति:     ८ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar