बिल गेट्सले किन चलाउँदैनन् आइफोन, यस्तो रहेछ कारण ?

बिल गेट्सले किन चलाउँदैनन् आइफोन, यस्तो रहेछ कारण ?

काठमाडौं, १७ फागुन । विश्वमा आइफोन प्रयोगकर्ताको संख्या १ अर्बभन्दा बढी छ । संसारका सबैजसो उच्चपदस्थ व्यक्तिहरुले आइफोन चलाउँछन् । तर माइक्रोसफ्ट कम्पनीका सहसस्थापक बिल गेट्स भने आइफोन नचलाउने व्यक्तिमध्ये एक हुन् ।

हालैको एक अन्तरवार्ताका क्रममा गेट्सले आफूले आइफोन नचलाउने खुलासा गर्दै आइफोनको साटो एन्ड्रोइड फोन चलाउन मन पराउनुको कारण पनि खुलाएका छन् । उनले भने– मैले वास्तवमा एन्ड्रोइड फोन चलाउँछु । किनकी मलाई सबै कुरामा अद्यावधिक हुन मन पर्दछ । मेरो प्रायः खेलाउने फोन आइफोन हुनसक्दछ तर प्रयोगका लागि आफूसँग बोकेर हिँड्नेचाहिँ एन्ड्रोइड फोन हो ।

यसबाट के प्रष्ट हुन्छ भने गेट्सले आइफोन किनेका त छन् तर त्यो उनको दैनिक सञ्चारजन्य प्रयोगमा छैन । उनका अनुसार कतिपय एन्ड्रोइड निर्माताले माइक्रोसफ्ट सफ्टवेयर प्रि–इन्स्टल गर्ने हुनाले पनि उनलाई एन्ड्रोइड फोन अझ सहज बनेको हो प्रयोगका लागि ।

एप्पल अपरेटिंग सिस्टम एन्ड्रोइड जस्तो कस्टमाइजेसनका लागि लचक अपरेटिंग सिस्टम होइन । यस विषयमा बोल्दै गेट्सले अपरेटिंग सिस्टमलाई सफ्टवेयरसँगको जोड्नका लागि एन्ड्रोइड अपरेटिंग सिस्टम सजिलो भएको बताए । यद्यपि आइओएस १४ मा एप्पलले आइफोनलाई यसअघि भन्दा अधिक कस्टमाइजेबल र फ्लेक्सिबल बनाएको छ । साथै एप स्टोरमा माइक्रोसफ्टका एपहरु सजिलैसँग पाइन्छन् भने डिफल्ट ब्राउजर र इमेल क्लाइन्ट पनि सजिलैसँग परिवर्तन गर्न सकिन्छ ।

नयाँ सोसल मिडिया एप क्लबहाउसलाई अन्तरवार्ता दिने क्रममा बिल गेट्सले आफ्ना धेरै साथीहरुसँग चाहिँ आइफोन नै रहेको बताए ।

प्रकाशित मिति:     १७ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar