काठमाडौं । बंगलादेशबाट स्थलमार्ग हुँदै काठमाडौं आइपुगेका १४ रोहिंग्या शरणार्थीलाई प्रहरीले अध्यागमन विभागलाई बुझाएको छ। केही दिनअघि काठमाडौं आइपुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर सोमबार विभागलाई बुझाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।
अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले शरणार्थीहरू प्रहरीमार्फत् सम्पर्कमा आएको बताए। उनीहरूबारे अनुसन्धान भइरहेको उनले बताए। यद्यपी उनीहरूलाई पक्राउ नै गरी अनुसन्धान गरिएको हो वा होइन भन्ने उनले खुलाएनन्।