बैंकिङ कसुर मुद्दाका फरार एक पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार एक पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालकिा-१० घर भइ गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्तीका ४२ वर्षीय उमेश लामा रहेका छन् ।उच्च अदालत पाटनको २०७७ फागुन ११ गते र २०७८ वैशाख ८ गतेको फैसलाले लामालाई ७ दिन कैद र ११ लाख जरिवाना सुनाएको थियो।

पक्राउ परेका उनले पीडितलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानकारी हुदाहुदै पनि झुक्याएर कृषि विकास बैंकको चेक आफ्नो खाताबाट भुक्तान हुने गरी पीडितलाई दिएका थिए।

प्रकाशित मिति:     २५ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar