स्रोत नखुलेको ६ लाख बरामद, हुन्डीको भएको शंका

स्रोत नखुलेको ६ लाख बरामद, हुन्डीको भएको शंका

वीरगंज। रक्सौलबाट मोटरसाइकलमा वीरगंज आइरहेका एक जनालाई प्रहरीले हुन्डी कारोबारी भएको शंकामा पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज १ छपकैयाका स्वामीनाथ साह तेली छन्।

प्रहरी चौकी इनर्वाले गरेको चेकजाँचमा उनको साथबाट नगद ६ लाख रुपैयाँ बरामद भएको थियो। गोजीमा बोकेका उनले उक्त रकमको स्रोत खुलाउन सकेपछि हुन्डीको पैसा हुनसक्ने शंका गरिएको डीएसपी ओमप्रकाश खनालले बताए।

तेलीलाई हिरासतमा राखेर वित्तीय कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यसैगरी पर्सा प्रहरीले वीरगंजबाट साढे ४ लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको छ। वीरगंजको इनर्वा, नगवा र छपकैयाबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको अवस्थामा कपडा र हार्डवेयर पार्ट्स बरामद भएको प्रहरीले जनाएको छ। ४ लाख ६७ हजार ६ सय ५० रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएर प्रहरीले आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।

प्रकाशित मिति:     १२ भाद्र २०७८, शनिबार  |    Himali Khabar