बयान दिन रौतहटका एसपी शाह प्रहरी हेडक्वाटर बोलाइए

बयान दिन रौतहटका एसपी शाह प्रहरी हेडक्वाटर बोलाइए

काठमाडौं । लागुऔषध मुद्दामा पत्रकार फसाएको आरोप लागेपछि रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाह बयानका लागि काठमाडौं झिकाइएका छन्।
बुधबार प्रहरी प्रधान कार्यालयले शाहलाई बयानका लागि काठमाडौं बोलाएको हो।

प्रधान कार्यालयले गठन गरेको पाँच सदस्यीय छानबिन समितिले काम सुरू गरेकै दिन शाहलाई काठमाडौं झिकाइएको प्रधान कार्यालयले जनाएको छ। प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले शाह रौतहटबाट काठमाडौं आएको बताए। छानबिनका क्रममा केही कुरा बुझ्नुपर्ने भएकाले उनी काठमाडौं आएका हुन ।

प्रधान कार्यालयले उक्त प्रकरण छानबिन गर्न एसएसपी कृष्णकुमार महतको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।

प्रकाशित मिति:     १० भाद्र २०७८, बिहीबार  |    Himali Khabar