प्रहरी पेट्रोल पम्पमा भ्रष्टाचार, एक करोड बढी बिगोसहित असईविरुद्ध मुद्दा दर्ता

प्रहरी पेट्रोल पम्पमा भ्रष्टाचार, एक करोड बढी बिगोसहित असईविरुद्ध मुद्दा दर्ता

काठमाडौं । नेपाल प्रहरीको नक्सालस्थित पेट्रोल पम्पमा हिनामिना भएको ठहरसहित त्यहाँ कार्यरत प्रहरी सहायक निरीक्षक (असई) विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायरभएको छ ।

प्रहरी कल्याण कोषद्वारा संचालित सो पेट्रोल पम्पमा कार्यरत असई दिलिप कार्कीविरूद्ध एक करोड तीन लाख ९७ हजार ९ सय ३७ रूपैयाँ बिगो दावीसहित अख्तियारले मुद्दा दायर गरेको हो ।

बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरेको अनुसन्धानबाट देखिएकोले सो रकम बराबरको सार्वजनिक सम्पत्ति हानी नोक्सानी भएको ठहरसहित मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति:     ३२ श्रावण २०७८, सोमबार  |    Himali Khabar