दाम्लोले बाँधेर युवालाई कुटपिट जाजरकोटका वडाध्यक्ष पक्राउ

दाम्लोले बाँधेर युवालाई कुटपिट जाजरकोटका वडाध्यक्ष पक्राउ

सुर्खेत । दाम्लाले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपाका–२ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका उनलाई बिहीबार जाजरकोट प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम खलंगा झिकाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए। पीडितलाई पनि सदरमुकाम बोलाइएको छ । पीडितले अहिलेसम्म जाहेरी दिएका छैनन्। पीडितको बयान, घटनाको प्रकृति र भिडियोलाई आधार मानेर कानुनी कारबाही हुनने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:     २१ श्रावण २०७८, बिहीबार  |    Himali Khabar