नक्कली पेस्तोल देखाइ धम्की दिएको अभियोगमा दुईजना पक्राउ

नक्कली पेस्तोल देखाइ धम्की दिएको अभियोगमा दुईजना पक्राउ

काठमाडौं । नक्कली पेस्तोल देखाइ धम्की दिएको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

कागेश्‍वरी मनोहरा नगरपालिका-८ बस्ने २५ वर्षीय अलबहादुर बम र सोही ठाउँ बस्ने हुम्ला खार्पुनाथ गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।

कागेश्‍वरी मनोहरा नगरपालिका-७ मुलपानी भैरबचौरस्थित भैरब बचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाई धाकधम्की दिएको अभियोगमा उनीहरुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उक्त संस्थामा बा ६५ प ४०८७ नम्बरको स्कुटरमा आएका व्यक्तिहरुले आइतबार दिउँसो पेस्तोल देखाई धम्की दिएका थिए । पक्राउ परेका उनीहरुको साथबाट नक्कली खेलौना पेस्तोल १ थान र उक्त स्कुटर प्रहरीले बरामद गरेको छ भने थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति:     १९ श्रावण २०७८, मंगलवार  |    Himali Khabar