फर्पिङबाट कछुवासहित तीन जना पक्राउ

फर्पिङबाट कछुवासहित तीन जना पक्राउ

काठमाडौं । संरक्षित वन्युजन्तु कछुवासहित प्रहरीले काठमाडौंको फर्पिङबाट तीन जनालाई पक्राउ गरेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ का २६ वर्षीय विशाल सुनार, सोही ठाउँका ४१ वर्षीइ विक्रम सुनार र मोरङको उर्लाबारी नगरपालिका–६ का ३५ वर्षीय भुवन राईलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार पक्राउ गरेको हो ।

उनीहरुको साथबाट संरक्षित वन्यजन्तु पहेंलो रंगको एउटा जीवित कछुवा बरामद गरेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । उनीहरुले उक्त कछुवा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको उनले बताए । पक्राउ परेका तीनै जनालाई आवश्यक कानूनी कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसारमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:     १३ श्रावण २०७८, बुधबार  |    Himali Khabar