राज कुन्द्रामाथि नयाँ आरोपः अनलाइन गेमिंङको नाममा अहमदाबादका व्यापारीलाई ठगी

राज कुन्द्रामाथि नयाँ आरोपः अनलाइन गेमिंङको नाममा अहमदाबादका व्यापारीलाई ठगी

एजेन्सी। भारतीय व्यवसायी तथा अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रालाई अश्लील फिल्म बनाएको आरोपमा १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ। राजसँगै उनका साझेदार रायल थार्पेलाई पनि हिरासतमा पठाइएको हो। कुन्द्रालाई अश्लील फिल्म बनाएको आरोपमा मुम्बई प्रहरीले पछिल्लो हप्ता पक्राउ गरेर हिरासतमा लिई अनुसन्धान गरिरहेको छ।

अश्लील फिल्म बनाएको आरोप खेपिरहेका कुन्द्रामाथि अनलाइन गेमिंङको नाममा ठगी गरेको आरोप लगाइएको हो। अहमदाबादका हीरेन परमार नामक एक व्यापारीले कुन्द्रामाथि फर्म वियान इन्डस्ट्रीज नामक कम्पनीको नाममा ३ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ।

प्रकाशित मिति:     १२ श्रावण २०७८, मंगलवार  |    Himali Khabar