बिजय शाहीबाट ठगिएको भन्दै अमेरिकी मेमोरी मास्टर नेल्सन डेलिसले राखे भिडियो

बिजय शाहीबाट ठगिएको भन्दै अमेरिकी मेमोरी मास्टर नेल्सन डेलिसले राखे भिडियो

काठमाडौं । अद्भुत स्मरणशक्ति भएको दाबी गर्दै आएका बिजय शाहीबाट आफू ठगिएको अमेरिकी मेमोरि मास्टर नेल्सन डेलिसले बताएका छन् । विभिन्न युट्युब तथा टेलिभिजनहरुमा अन्तरवार्ता दिँदै हिड्ने शाहीले नेल्सन नेपालको सगरमाथा क्षेत्र आएको अवसरमा अन्तरवार्ता दिएका थिए ।

विभिन्न नेपाली मिडिया र युट्युब च्यानल हेरेर धारणा बनाएका नेल्सनले बिजय शाहीको स्मरणशक्तिको प्रशंशा गर्दै दुई भिडियो बनाएका थिए । सबैभन्दा सुरुमा अप्रिल १९ ९वैशाख ६० मा उनले बनाएर अपलोड गरेको १९ मिनेट ५७ सेकेन्डको भिडियो डेढ लाखले हेरेका छन् । उनले जुलाइ १४ ९असार ३०० मा बनाएर अपलोड गरेको भिडियो त झन्डै दश लाखले हेरेका छन् । बिजय शाहीको अन्तरवार्ता र उनले स्मरण गरेको कुरा राखेर भिडियो हालिएको छ । १ घन्टा १६ मिनेट ३९ सेकेन्डको उक्त भिडियो अत्यधिक चल्यो ।

लगत्तै डेलिसले हालसालै शनिवार साँझ २१ मिनेट २८ सेकेन्डको भिडियो हालेका छन् । जसमा उनले बिजयले आफूलाइ मुर्ख बनाएको स्विकार गरेका छन् । आफूलाई शाहीले बिगत दुई वर्षबाट स्मरणशक्ति बढेको भन्दै ठगेको डेलिसले बताएका छन् । डेलिसले यसो भन्नु अगाडि मिसगाइडेड नेपाल नामक एक युट्युब च्यानलले शाहीले गरेको ठगीको एक–एक कारण र तर्कसहित भिडियो सार्वजनिक गरेको थियो । जुलाइ १७ ९साउन २० मा हालिएको उक्त भिडियो ८ लाख ६६ हजार बढिले हेरेका छन् ।

प्रकाशित मिति:     १० श्रावण २०७८, आईतवार  |    Himali Khabar