प्रहरीमाथिको रंगभेदी दुर्व्यवहारको भिडियो कारबाहीका लागि आईजीपीको सचिवालय पठाइयो

प्रहरीमाथिको रंगभेदी दुर्व्यवहारको भिडियो कारबाहीका लागि आईजीपीको सचिवालय पठाइयो

काठमाडौं । ट्राफिक प्रहरी सहायक निरीक्षक मणिकान्त झामाथि आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्ने ज्वाला संग्रौलासहित उनको टिमले गरेको रंगभेदी दुर्व्यवहारको भिडियो प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको सचिवालयमा पठाइएको छ।

भिडियोसहित बुधबार मधेशी आयोगमा उजुरी दर्ता भएपछि त्यसलाई आवश्यक कारबाहीका लागि प्रहरी महानिरीक्षकको सचिवालयमा पठाइएको छ । बुधबार नै आयोगका अध्यक्ष दत्तले प्रहरी महानिरीक्षक थापालाई फोन गरेर घटनाको छानविन गरेर दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ ।

प्रकाशित मिति:     ३ असार २०७८, बिहीबार  |    Himali Khabar