सुकी विरूद्ध गम्भीर भ्रष्टाचारको मुद्दा

सुकी विरूद्ध गम्भीर भ्रष्टाचारको मुद्दा

काठमाडौं । म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेतृ आङ साङ सुकी विरूद्ध सबैभन्दा गम्भीर भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

सैनिक प्रशासनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सुचीलाई घुसको रूपमा नगद र सुन लिएको आरोप लगाइएको जानकारी गराएको हो ।

यस आरोपमा सुकी दोषी पाइएको खण्डमा १५ वर्ष जेल सजाय हुनसक्ने छ । यस बाहेक उनिमाथि अवैध रूपले वाकी–टकी आयात गर्ने र सार्वजनिक अशान्ति पैदा गर्ने आरोपमा पनि मुद्दा दर्ता गरिएको छ । फेब्रुअरी १ मा सैन्य प्रशासनले कु गरेसँगै सुकीलाई पक्राउ गरिएको थियो ।

प्रकाशित मिति:     २८ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar